बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्त गरे दुख — OSNepal

बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्त गरे दुख

LC (KTM) June 17, 2021 0

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुख व्यक्त गरेका छन् । र्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि उनले बिहीबार एक सन्देश जारी गर्दै दुस्ख व्यक्त गरेका हुन्।शाले ‘हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ।’

‘देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आइपरेकोले विपत्तिको पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान दिन आग्रह गरेका छन्।‘

मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तीब्र बर्षात आउने समयमा अझ के के हुने हो रु यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर