भ्यालेन्टाइनमा अंकुराएको नायक सलोन बस्नेतको प्रेम, घनचक्करको प्रिमियरमा छचल्कियो — OSNepal

भ्यालेन्टाइनमा अंकुराएको नायक सलोन बस्नेतको प्रेम, घनचक्करको प्रिमियरमा छचल्कियो

LC (KTM) June 25, 2022 0

नेपाली फिल्म क्षेत्रमा चक्लेटी हिरोको रुपमा चिनिएका सलोन बस्नेतको प्रेम प्रसंग सार्वजनिक रुपमै अभिब्यक्त हुन थालेको छ । उनको यतिबेला करिश्मा केसी संग डेट चलिरहेको छ । गएको भ्यालेनटाइन डे बाट अंकु्राएको यी दुई बीचको प्रेम घनचक्करको प्रिमियर शो मा फक्रिएको छ । रिलिजको पूर्वसन्ध्यामा काठमाडौंको बिग मुभिज मल्टिप्लेक्समा फिल्म ‘घनचक्कर’ प्रिमियर आयोजना गरिएको थियो ।

यो जमघटमा यो जोडी बिशेष आकर्षणको रुपमा रह्यो । प्रेमिका करिश्मा केसीसँगै सलोन प्रिमियरमा उपस्थित भएका थिए । सार्वजनिक कार्यक्रममा सलोन प्रेमिका सहित प्रस्तुत भएको यो पहिलो पटक हो । प्रिमियरमा प्रेमिकासँगै देखिएका सलोनले प्रेमजीवनलाई पनि औपचारिक रुपमै प्रस्तुत गरेको देखिन्छ ।

त्यस्तै यो जोडी संग अर्काे जोडी पनि बिशेष आकर्षणको रुपमा देखिएको थियो । सौगात मल्ल नयाँ फिल्मको प्रिमियरमा आफ्नी प्रेमिका तथा नायिका सृष्टि श्रेष्ठ संग उपस्थित भएका थिए । तर फिल्म स्क्रिनिङको बीचमै सृष्टि प्रिमियरबाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर