नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका हुन् । शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले यस्तो कुरा बताएका हुन् ।
गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ । त्यस्तै नेता नेपालले पनि गठबन्धन गरेरै अगाढी बढ्नु पर्ने सुझाव दिएको बताए । नेता नेपालले स्थानीय चुनावमा करिब २८ प्रतिशत मात्रै उम्मेदवारी दिएकाले पनि आफूहरुको कुल मत कम आएको दावी गरे ।