काठमाडौं ११ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले दिएको निर्देशन पछि निगमले आज राति १२ बजेबाट लागु हुने गरी मुल्य घटाएको हो ।
शनिबार बसेको सत्ता गठवन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी पेट्रोल प्रतिलिटर २० र डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको जानकारी दिएको छ ।
योसँगै अब नयाँ पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।