काठमाडौं ११ असार । नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयमा थप पेचिलो बनेको छ । पार्टीले सरकारबाट फिर्ता बोलाएको मन्त्री मध्ये रामुकमारी झाँक्री, विरोध खतिवडा र कृष्णकुमार श्रेष्ठ (किसन)ले पार्टीले प्रस्ताव गरेका मन्त्रीलाई नभई समानुपातिक समावेशीताका आधारमा नयाँ ब्यक्तिलाई मन्त्री बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।
निजहरुले मन्त्री बनाउनु पर्नेहरुको अलग्गै सूची बनाएर पार्टी अध्यक्ष माधव नेपाललाई बुझाएका छन् । जसमा ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बममा राज्यमन्त्रीको नाम प्रस्ताव गरेका छन् । अध्यक्ष नेपाललाई सो प्रस्ताव बुझाएलगत्तै नेकपा एसमा तरंग पैदा भएको छ ।
यता, पार्टीले भनेप्रधानमन्त्री शेरबहादुर देउवालई जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गर्दै नाम सिफारिस गरेको थियो । आफुहरुले प्रस्ताव गरेका मन्त्रीलाई नियुक्त गरे सरकारबाट बाहिरिने निजहरुले बताएका छन् ।
शुक्रबार चार मन्त्रीसहित १० जान सांसदले पार्टीको निणर्य विरुद्ध संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर गरेका थिए । आज शनिबार २४ घण्टा नबित्दै मन्त्री प्रेम आलेसहितका ६ सांसदले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।