काठमाडौं ११ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील अभियान र स्वतन्त्र उम्मेदवारी अभियानबीच छलफल भएको छ ।
विवेकशील अभियन्ता एवं काठमाडौं–१ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले छलफलबारे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
विवेकशील अभियान, स्वतन्त्र उम्मेदवारी अभियान र रविजीले सुरु गर्नुभएको नयाँ पार्टीको बारेमा गहन छलफल भयो,आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भयो । छलफल सकारात्मक भएको छ ।’ उनले लेखका छन् ।
छलफलको समन्वय वरिष्ठ कलाकार निर्मल शर्माले गरेको भन्दै उनले शर्मालाई धन्यवाद समेत दिएका छन् ।