काठमाडौं ११ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा पार्टी विभाजन हुनुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हात रहेको बताएका छन् ।
शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा गौतमले पार्टी एकता जोगाउन केपी शर्मा ओली प्रधानमन्त्री पद छोड्न समेत तयार हुँदा प्रचण्डले ओलीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता लिन नसकेको कारण पार्टी विभाजन भएको बताएका हुन् ।
पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु जिम्मेवार रहेको आरोप लगाएका गौतमले भने, ‘माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो । ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रश्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ । उहाँहरुले अविश्वासको प्रश्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।’
कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि सो कार्यक्रममा बताएका छन् ।