काठमाडौं ११ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आरोपहरू फिर्ता नलिँदा तत्कालीन नेकपा पार्टीका फुटेको बताएका छन् ।
शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न समेत तयार भएको भनद्यै प्रचण्डले आरोपहरू फिर्ता लिन नसक्दा पार्टी फुटेको दावी गरेका छन् ।
ओलीले प्रचण्ड लाई आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको खुलासा गरेका गौतमले प्रचण्डले भने ओलीलाई लगाएको आरोपहरू फिर्ता नलिएका कारण यो अवस्था आएको बताएका छन् ।
उनले भने, ‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । भन्नुभएको थियो । पहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले लिन सक्दिनँ भन्नुभयो ।’