डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म घटाउन निर्देशन — OSNepal

डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म घटाउन निर्देशन

LC (KTM) June 25, 2022 0

काठमाडौं ११ असार । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० देखि २५ रुपैयाँसम्म घट्ने भएको छ । आज शनिबार बसेको सत्ता गठवन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएको हो ।

बढ्दो महैगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले दिएको
जानकारी अनुसार बैठकले पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गर्न आजैका दिनदेखि लागु गर्न निर्देशन दिएको छ ।

उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म घट्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर