क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायुमै निधन, नेपाली समुदायहरु स्तब्ध — OSNepal

क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायुमै निधन, नेपाली समुदायहरु स्तब्ध

LC (KTM) June 25, 2022 0

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन भएको छ । उनको निधनले सबैलाई आश्चर्य तुल्याउनुको साथै नेपाली समुदायहरु स्तब्ध भएका छन ।

उनि सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता ,पूर्वपर्यटन दुत,कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एक मात्र सुपुत्री हुन् । उनको निधन गत बिहिबार जुन २३ ,२०२२ का दिन क्यालिफोर्निया राज्यको स्थानीय समय अनुसार करिव साँझ ६ बजे भएको हो ।

२९ बर्षिय मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो । मनसुनको दुखद समाचार थाहा पाउन साथ आफन्त ,साथीभाई ,इष्टमित्र सबैले सामाजिक संजालमा जताततै समवेदना दिई रहेका छन् भने समवेदना आउने क्रम जारी रहेको छ ।

अकल्पनिय क्षति तथा दुखद खबरले सबै नेपालीलाई मर्महात बनाएको छ भने पिता अनिल पाण्डेलाई चिन्ने सबैले सन्देश दिई रहेका छन् । पिता अनिल पाण्डेका शुभ चिन्तक तथा नजिकका साथीभाईहरुका अनुसार स्व मनसुनले सूचना प्रविधि (आई टी)अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पलमा समेत काम गरेकी थिइन् । तर केही समय अगाडी उनले काम पनि छोडेकी थिइन् ।

उनि केही समय अगाडी युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयम कलाकार र क्यालिफोर्नियाको बे एरिया (क्षेत्र)अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिदै विभिन्न कार्यक्रममा सहभागी हुन्थिन । पिता अनिल पाण्डेले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न सन् २०११ मा आयोजना गरेको नेपाल दिवसमा समेत मनसुनले सक्रिय रुपमा भाग लिएकी थिइन् । उनका थुप्रै अङ्किय दृश्य(भिडियो)हरु पिताले सुरक्षित राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर