सम्झौता गोप्य राखेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी — OSNepal

सम्झौता गोप्य राखेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

LC (KTM) June 17, 2021 0

काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना विरुद्ध खोप खरिद गर्ने तयारी थालेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो तयारी थालेको बताइएको छ ।

खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि मन्त्रालयले यसको तयारी थालेको हो ।नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने भएपछि सम्झौता गोप्य राख्ने बताइएको छ ।

खरिद गर्ने खोपको पहिलो लट जुन महिनाभित्रै आउने बुझिएको छ । अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उहाँले आगामी साउनबाट सर्वसाधारण नागरिकहरुलाई खोप लगाउन थालिने बताइएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर