मन्त्री फिर्ता बोलाउने निर्णयमा पुनर्विचार हुँदैन , पार्टीको निर्णय नमान्नेलाई आवश्यक कारबाही गरिन्छ : खनाल — OSNepal

मन्त्री फिर्ता बोलाउने निर्णयमा पुनर्विचार हुँदैन , पार्टीको निर्णय नमान्नेलाई आवश्यक कारबाही गरिन्छ : खनाल

LC (KTM) June 24, 2022 0

काठमाडौं १० असार । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फिर्ता बोलाउने पार्टी निर्णयमा पुनर्विचार स्पष्ट पारेका छन् ।

पार्टीको शुक्रबार बसेको पोलिटब्युरो बैठकपछि नेता खनालले पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन नहुनु दुखद भएको भन्दै निणर्य कार्यान्वयन नहुने बताएका छन् ।

‘पार्टीको सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ । फेरि केन्द्रीय कमिटीमा यसरी कुरा उठ्नु सहज कुरा होइन ,पार्टी निर्णय नमान्नेलाई पार्टीले आवश्यक कारबाही गर्छ । पुनर्विचार गर्दैनौँ ।’ खनालले भने ।

यता बाग्मती प्रदेशका मुख्यमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि भोली शनिबार सम्म नयाँ मन्त्रीले सपथ लिने दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर