काठमाडौं १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रचण्डले यस्तो चाहाना व्यक्त गरेका हुन् ।
अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको बताएका प्रचण्डले फेरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि स्पष्ट पारेका छन् ।
यो परिवर्तन ल्याउनका निम्ति आफ्नै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको भएको बताएका उनले फेरि एक पटक नेतृत्व गर्ने अवसर पाए सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजाने बताएका छन् ।
‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’ प्रचण्डले भने ।