काठमाडौं १० असार । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अरूले नै बनाइदिएका मन्त्रीले गाईजात्रा गर्ने भन्दै नेकपा एकीकृत समाजवादीमाथि टिप्पणी गरेका छन् ।
मन्त्री हेरफेरको विषयमा नेकपा एस विवाद बढेपछि एमाले नेता रिजालले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् ।
पार्टीले सांसद बनाएर नेतृत्वले मन्त्री बनाएको भए पार्टी र नेतृत्वप्रति उत्तरदायित्व हुने बताएका उनले ‘सांसदले पार्टी मन्त्री बनाएपछि यस्तै गाईजात्रा हुने बताएका छन् ।
उनले भनेका छन् , ‘कुरा स्पष्ट छस् पार्टीले सांसद बनाएको र नेतृत्वले मन्त्री बनाएको भए पो पार्टी र नेतृत्वप्रति उत्तरदायित्व हुन्छ त ? सांसदले पार्टी बनाएपछि र अरूले नै मन्त्री बनाएपछि यस्तै गाईजात्रा नभए के हुन्छ त कमरेडहरू ?’