मन्त्री बन्ने लिस्टमा नाम पर्दा पनि मन्त्री बन्न नपाएपछि चौधरीले लगाए प्रचण्डलाई आरोप — OSNepal

मन्त्री बन्ने लिस्टमा नाम पर्दा पनि मन्त्री बन्न नपाएपछि चौधरीले लगाए प्रचण्डलाई आरोप

LC (KTM) June 24, 2022 0

काठमाडौं १० असार । नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले पार्टीले गरेको मन्त्री हेरफेरको विषय अध्यक्ष प्रचण्डले गर्दा कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको निर्णयमाथि वेवस्ता गर्नुमा अध्यक्ष प्रचण्डको हात रहेको आरोप लगाएका हुन् ।

शुक्रबार जारी पोलिटव्युरो बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता चौधरीले गठवन्धनको निणर्य कार्यान्वयन नहुेन गठवन्धनमा बस्नु कुनै औचितय नभएको भन्दै उनले प्रधानमन्त्री कि नेकपा एस चाहिँदैन भनेर स्पष्ट भन्नुपर्ने कित निणर्य कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।

नेकपा एसले मन्त्री हेरफेर गरेपछि माओवादीमा पनि मन्त्री हेरफेरको दवाव परेकोले प्रचण्डले देउवालाई कार्यान्वयन नगर्न दवाव दिएको आरोप लगाएका हुन् ।

नेकपा एसकै कारण माओवादी अहिले सरकारमा रहेको जिकिर गरेका उनले धेरै मन्त्री पाएको भन्दै पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डले हस्तक्षेप उनको आरोप छ ।

६ महिनाका लागि मन्त्री बनेकाहरूले ९ महिनासम्म खाएको भन्दै नैतिकता भए पार्टीले निर्णय गर्नासाथ राजीनामा गर्नुपर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर