काठमाडौं १० असार । पुँजी बजार विकास तथा सुधारको माग राख्दै गत असार १ बाट आमरण अनसनमा बसेका लागनीकर्ता तिलक कोइरालाले आज शुक्रबार अनसन तोडेका छन् ।
११ बुँदै माग राख्दै आमरण अनसनमा बसेका कोइरालाले बोर्ड अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर आमरण अनसन तोडेका हुन् ।
आफ्नो ११ बुँदे माग नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने सहमति गरेपछि कोइरालाले
जारी अनसन तोडेका हुन् ।
अनसन तोडेसँगै पुँजी बजार सुधार र विकासका लागि गठन भएको संघर्ष समिति पनि विगठन भएको कोइरालाले जानकारी दिएका छन् ।