धनगढी १० असार । नेकपा एमालेका कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गर्ने भएको छ । बिहिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको तथा पार्टी नेतृत्वविरुद्ध जथाभावी अभिव्यक्ति दिएको भन्दै उनलाई कारवाही गरिने भएको हो ।
सुरु उनलाई तिन दिनको समय दिएर सोधिएको स्पष्टिकरणमा पनि उनले जवाफ नदिएपछि पार्टीबाटै निष्काशन गर्न लागिएको सचिव डेजी पाण्डेले जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गएको पार्टीको जिल्ला अधिवेशनमा रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।