काठमाडौं १० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट गरेका छन् । शुक्रवार महामन्त्री थापाले गर्भनरलगायत वरिष्ठ अधिकारीसँग भेटेका हुन् ।
भेटवार्तामा हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल भएको थापाले जानकारी दिएका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ ।
थापाले भनेका छन् , ‘नेपाल राष्ट्र बैंकका गभर्नर लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु ।अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।’