युरो २०२० मा इटालीको कमालको खेल, स्विट्जरल्यान्डलाई खाता नै खोल्न नदिई हान्यो ३ गोल — OSNepal

युरो २०२० मा इटालीको कमालको खेल, स्विट्जरल्यान्डलाई खाता नै खोल्न नदिई हान्यो ३ गोल

LC (KTM) June 17, 2021 0

काठमाडौं, असार ३ । युरो २०२०मा इटालीले कमालको खेल खेल्दै लगातार दोस्रो जित हात पारेको छ । आज विहान सम्पन्न खेलमा इटालीले स्विट्जरल्यान्डलाई खाता नै खोल्न नदिई गोलको वर्षा गराएको हो ।

इटालीले स्विट्जरल्यान्डलाई ३ – ० गोलले पराजित गर्दा इटालीका खेलाडीहरु खुशीले फरुगं देखिउका थिए । इटालीको जितमा लोकाटेलीले दुई गोल गर्दा इमोबिलले एक गोल थपे।

लोकाटेलीले २६ र ५२ मिनेटमा गोल गरेका थिए। इमोबिलले ८९ मिनेटमा तेस्रो गोल गरे। यसअघि इटालीले टर्कीलाई पनि ३-० गोलले नै हराएको थियो। त्यस्तै गएराती नै सम्पन्न समूह ुएु कै खेलमा वेल्सले टर्कीलाई २-० गोल अन्तरले जित्न सफल भएको छ ।

वेल्सको जितमा रामसीले ४२ मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको इन्जुरी टाइममा रोबर्टले वेल्सका लागि दोस्रो गोल गर्दा माहोल खुशीयाली देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर