डान्सिङ स्टार्स नेपालको ग्राण्ड फिनाले भोली हुदै, प्रीति आले, छिरिङ शेर्पा र प्रमिता राणा उपाधी होडमा — OSNepal

डान्सिङ स्टार्स नेपालको ग्राण्ड फिनाले भोली हुदै, प्रीति आले, छिरिङ शेर्पा र प्रमिता राणा उपाधी होडमा

LC (KTM) June 23, 2022 0

नेपाली स्टारहरुको टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले भोली हुने भएको छ । यसपाली ग्राण्ड फिनालेमा ३ जोडी पुगेका छन् । प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । यस शो को फिनाले राजधानीको धुम्बाराहीस्थित स्टुडियोमा राती ८ बजे हुदैछ ।

रियालिटी शो को विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्ने जनाइएको छ । त्यस्तै फिनालेमा रियालिटी शोको अफिसियल एपबाट छानिएका उत्कृष्ट तीनजनाले समेत प्रस्तुति दिने बताइएको छ । जसमा सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा छन् । शोमा १२ जना चर्चित सेलेव्रिटीको जोडीबीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर