सरकारले प्रसारण लाइनका लागि विशेष पहल गर्ने — OSNepal

सरकारले प्रसारण लाइनका लागि विशेष पहल गर्ने

LC (KTM) June 17, 2021 0

काठमाडौँ । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत समस्या समाधान गर्न सङ्घ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।यो खबर गोरखापत्र दैनिकमा छ ।

हाल नवलपरासी, रुपन्देही, पाल्पा, पर्वत, बागलुङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, गोरखा, डडेलधुरा, दार्चुला, उदयपुर, सोलुखुम्बु, कास्की, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, चितवन, मकवानपुर, सर्लाही, सिरहा जिल्लाका विभिन्न ठाउँमा प्रसारण आयोजनामा समस्या देखिएको छ ।
त्यसरी निर्माणमा समस्या हुँदा सरकारी तथा निजी क्षेत्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाई त्यसै खेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर