काठमाडौं ९ असार । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले चीनको राजदुतको लागि श्रेष्ठ नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले पनि उनको नाम अनुमोदन गरेको थियो ।
माओवादी केन्द्रको कोटामा राजदूतमा सिफारिस भएका श्रेष्ठलाई आज बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।