काठमाडौं ९ असार । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको महसुल घटाएको छ ।
यही असार १ गतेबाट लागु हुने गरी टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।
टेलिकमले यस अघि लिँदै आएको २० एमबीपीएस २ हजार रुपैंया घटाएर १ हजार ६ सय मात्र कायम गरेको छ ।
त्यसैगरी, २१ देखि ५० एमबीपीएसको महसुल शुल्क पनि २ हजार ३ सय रहेकामा १ हजार ६ सयमा झारिएको छ । ५१ देखि १०० एमबीपीएससम्म महसुल २ हजार १ सय घटाएर १ हजार ९ सय नयाँ महसुल तोकिएको छ ।
इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको दिँदै आएको २ हजार ७ सयबाट घटाएर २ हजार ४ सय बनाइएको छ ।