पानी पर्ने क्रम जारी रहेकाले आज पनि यि नदीमा पानीको बहाव बढेर उच्च जोखिम — OSNepal

पानी पर्ने क्रम जारी रहेकाले आज पनि यि नदीमा पानीको बहाव बढेर उच्च जोखिम

LC (KTM) June 17, 2021 0

काठमाडौं- आज पनि पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ भने कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने सम्भाबना रहेको छ ।प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा भएकाले बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर