काठमाडौं ९ असार नेकपा (एकीकृत समाजवादी)ले अब मन्त्री हेरफेर गर्ने भएको छ ।
बिहीबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले अब चाँडै मन्त्री हेरफेर गर्ने बताएका हुन् ।
अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेको बताएका उनले केहि समय अगाडी गरिएको सिफारिस गरिएका नयाँ नाम भने हेरफेर नहुने बताएका छन् ।
पहिला मन्त्री बन्दा नै ६ महिनाभित्रै मन्त्री हेरफेर गर्ने सहमतिअनुसार निर्णय गरिएको र निर्णय सबैले मान्नुपर्ने प्रवक्ता खतिवडाले बताएका छन् ।