कबड्डी ४ लो राम्रो व्यापार गरेपछि सौगात मल्ल र दयाहाङको अर्को चलचित्र पनि लगातार रिलिज हुने — OSNepal

कबड्डी ४ लो राम्रो व्यापार गरेपछि सौगात मल्ल र दयाहाङको अर्को चलचित्र पनि लगातार रिलिज हुने

LC (KTM) June 23, 2022 0

काठमाडौं । सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र कबड्डी ४ लो राम्रो व्यापार गरेपछि यी दुईको अन्य चलचित्र पनि अब लगातार रिलिज हुने भएका छन् । यसै क्रममा दयाहाङ र सौगात कलाकार रहेको अर्को चलचित्र ‘द सिक्रेट अफ राधा’ पनि दर्शकमाझ आउने भएको छ ।

यो चलचित्रको प्रदर्शन मिति आगामी भदौ १० गतेलाई तय गरिएको छ । सुवर्ण थापा निर्देशित यो सिनेमाको मँगलबार फस्ट लुक्सको रुपमा दुई वटा पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । सिनेमाको सार्वजनिक २राजधानि दैनिकमा खबर छ । पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक सिनेमाको पात्र अवधारणामा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्रै स्थान दिईएको थियो । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् ।

यो चलचित्रमा सनेमामा सृष्टि श्रेष्ठसँगै दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा छन् ।

यो चलचित्रमा सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती रहेको यो चलचित्रमा बिक्रमदास जोशी सह–निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर