सप्तरीमा बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान — OSNepal

सप्तरीमा बहुविवाहको आरोपमा श्रीमान् श्रीमती कारागार चलान

LC (KTM) June 22, 2022 0

सप्तरी, ८ असार:

सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्(श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका(३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सिराहाको वस्तिपुर(९ घर भई हाल सुरुङ्गा नगरपालिका(३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

यसैगरी प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी रुपनी गाउँपालिका(२ कि असिया कुमारी रामलाई पक्राउ गरेको छ । अदालतले ६ महिना कैद ठहर गरी फरार भएकी रामलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर