काठमाडौं ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउने प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा प्रधानमन्त्री देउवाले सो प्रस्ताव राखेका हुन् ।
बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे विषयम समेत छलफल भएको छ । बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस विषयमा जानकारी गराएका हुन् ।
‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पुरा गरेर चाँडै पेश हुन्छ ।’कार्कीले भने ।