काठमाडौं ८ असार । कानून व्यवसायी परिषद (बार काउन्सिल) ले घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल लाई स्पष्टिकरण सोध्ने भएको छ ।
घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि बुधबार बसेको समितिको बैठकले
स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी समेत गरेको गरेको छ ।
उक्त समितिमा सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंह , अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती र वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ रहेका छन् ।