फिल्म खेल्दै क्रिकेटर एमएस धोनी , फिल्ममा साउथ सुपरस्टार थालापथी विजयसँग काम गर्ने — OSNepal

फिल्म खेल्दै क्रिकेटर एमएस धोनी , फिल्ममा साउथ सुपरस्टार थालापथी विजयसँग काम गर्ने

LC (KTM) June 22, 2022 0

महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् तर उनका फ्यानको संख्या भने घटेको छैन । उनको फ्यान फलोइङ क्रिकेटको दुनियाँमा मात्रै सीमित छैन, उनका फ्यान अन्य इन्डस्ट्रीमा पनि देखिन्छन् । धोनीले एकपल्ट आफूमा केही नयाँ सिक्ने जोश रहेको बताएका थिए, जसका कारण उनी अब फिल्मी दुनियाँमा पाइला राख्न लागिपरेका छन् ।हो तपाई सहि सुन्दै हुनुहुन्छ।

क्रिकेटर महेन्द्र सिंह धोनी अब फिल्मी दुनियाँमा प्रवेश गर्न लागेका छन् । महेन्द्र सिंह धोनी फिल्म निर्माता बन्न लागेका छन् र उनी साउथ सुपरस्टार थालापथी विजयसँग फिल्म गर्न लागेका छन् । फिल्ममा धोनी आफैंले सानो भूमिका खेल्ने खबर पनि आएको छ । यो खबरपछि फ्यानहरु निकै खुसी भएका छन् ।एमएस धोनी र साउथ सुपरस्टार विजय राम्रो साथी भएको बताइन्छ र यो फिल्मको बारेमा क्रिकेटर आफैंले अभिनेतासँग फोनमा कुरा गरेको सुनिन्छ।

यस्तो अवस्थामा अब विजयले यो फिल्म गर्ने पक्का भएको मानिन्छ । यसको औपचारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । अर्थात् दुबैका फ्यानका लागि दोहोरो धमाका छ ।महेन्द्र सिंह धोनी अहिले धोनी प्रोडक्सनबाट फिल्म बनाउने योजनामा छन् । यसअघि धोनीको प्रोडक्सन कम्पनीले निर्माण गर्ने फिल्ममा विजयले अभिनय गर्ने चर्चा थियो । धोनीलाई दक्षिणमा ुथलाु नामले पनि बोलाइन्छ।

थाला भनेको सबैको नेता हो।उल्लेखनीय कुरा के छ भने, धोनी र विजय अगस्ट २०२१ मा चेन्नईको गोकुलम स्टुडियोमा भेटेका थिए, जहाँ क्रिकेटर एक विज्ञापनको लागि सुटिङ गरिरहेका थिए जबकि साउथ सुपरस्टार आफ्नो फिल्म बिस्टको शूटिंग गरिरहेका थिए। दुवैको तस्विरले सामाजिक सञ्जालमा निकै हलचल मच्चाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर