तत्काल मन्त्री हेरफेर गर्न नेकपा एसको प्रधानमन्त्री देउवालाई दवाव — OSNepal

तत्काल मन्त्री हेरफेर गर्न नेकपा एसको प्रधानमन्त्री देउवालाई दवाव

LC (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । नेकपा एकिकृत समाजवादी पार्टीले तत्काल मन्त्री हेरफेर गर्न दवाव दिने भएको छ । बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय भएको हो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निणर्यलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न नसकेको भन्दै भनेका छन् , ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं’ ।

यही निणर्य लिएर आज पार्टी अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर