काठमाडौं ८ असार । नेकपा एमालेका नेता भीम रावलले आफ्ना गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने स्पष्ट पारेका छन् ।
बुधबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेता रावलले आफु जेल जान तयार तर, इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने जिकिर गरेका हुन् ।
‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’ उनले भने ।
सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ दर्ता हुने र नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।