सरकारले पैसा नदिएपछि बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा — OSNepal

सरकारले पैसा नदिएपछि बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा

LC (KTM) June 22, 2022 0

काठमाडौं ८ असार । स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा झापाको बीएण्डसी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका हुन् ।

बीमा कम्पनीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँलाई स्वास्थ्य बीमा बापतको ४५ करोड रूपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रूपैयाँ दिएको छैन ।

१५-१५ दिनमा भुक्तानी गर्ने भनिए गर्ने भनिएपनि २०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको मेडिकल कलेजले बताएको छ । बीमा गराएकाहरूको औषधिउपचारको रकम सरकारले भुक्तानी नगर्दा अस्पतालहरूको सेवा प्रभावित हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर