काठमाडौं ८ असार । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ ।
न्यायाधिश कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल बिच भएको अडियो संवाद सार्वजनिक भएको हो ।
संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गरिएको छ । न्युज २४ टेलिभिजनले उक्त संवाद सार्वजनिक गरेको हो ।
यस विषयमा छलफल गर्न अहिले न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । संवादमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ ।