काठमाडौं ८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा भर्खरै उदाएका रवी लामिछानेलाई ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य नभएको टिप्पणी गरेका छन् ।
राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्ने बताएका नेता पोखरेलले चर्चित हुनु राजनीतिका लागि योग्य नभएको बताएका हुन् । मंगलबार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।
पार्टी घोषणा गरेलगत्तै रवि लामीछाने दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । पोखरेलले भनेका छन्,‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’