काठमाडौं ८ असार । निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवारी अभियानको एक समुहले निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी दिएको हो ।
अभियानका संयोजक डम्बर शाहुले पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गने नहुने भन्दै भन्द उजुरी दिएका हुन् ।
उक्त उजुरीमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’