अर्घाखाँची :
अर्घाखाँचीमा नातिनीलाई यौन धन्धामा लगाउने हजुरआमा पक्राउ परेकी छन् । न्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको उजुरी परेको थियो । तर पछि बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्न भएको प्रहरीले खुलासा गरेको हो ।
पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै बलात्कारको शिकार बनाएको पैसा समेत लिने गरेको खुल्न आएको छ ।
४० बर्षीया हजुर आमा नाता पर्ने छिमेकीले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराईरहेको र्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए । क्षेत्रीका अनुसार नीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरिएको छ ।
बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँने गरोको बताइएको छ । ति बालिकाले कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा समेत दिने गरेको खुल्न आएको छ ।