२४ घण्टा टिकेन हवाई सेवा बन्द गर्ने संचालकहरुको निर्णय , बुधबार बिहान ११ बजे पछि नियमित उडान हुने — OSNepal

२४ घण्टा टिकेन हवाई सेवा बन्द गर्ने संचालकहरुको निर्णय , बुधबार बिहान ११ बजे पछि नियमित उडान हुने

LC (KTM) June 21, 2022 0

हतासमा गरेको आफ्नो निर्णयलाई सच्याउँदै वायुसेवा सञ्चालकहरुले बुधबार बाट नियमित उडान भर्ने भएका छन् । उनीहरुले सरकारी निर्णयको विरोध गर्दै हवाई सेवा ठप्प पार्ने निर्णय गरेका थिए । बिरोधको नाममा यात्रुलाई २४ घन्टाको सूचना समेत नदिई सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेका सञ्चालकहरू अन्ततः आफ्नै निर्णय बाट पछि हट्दै बुधबार दिउँसो ११ बजेबाट नियमित उडान गर्ने भएका हुन् ।

राती नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सम्पन्न वार्तामा सहमति बनेको हो । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात भएको वार्ताले उडान नरोक्ने निष्कर्ष निकालेको हो । संघका प्रबक्ता योगराज कडँलले बार्ता जारी रहने जनाउ दिदै अहिलेलाई हवाई सेवा बन्द नगर्ने सहमति भएको बताए ।

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौंबाहिर विमानस्थलमा लैजानुपर्ने निर्णय गत आइतबार गरेको थियो। त्यसैको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारबाट सम्पूर्ण उडान स्थगनको घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर