काठमाडौैं ७ असार । काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।
कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो ।
आफ्ना विद्यार्थीलाई यौन सम्बन्धको प्रस्ताव राख्ने दुई शिक्षकलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको थियो ।