बाढीले मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो क्षती : ८ जना बेपत्ता,कैयौँको निर्माण सामग्री बगायो — OSNepal

बाढीले मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो क्षती : ८ जना बेपत्ता,कैयौँको निर्माण सामग्री बगायो

LC (KTM) June 16, 2021 0

काठमाडौं । २ दिनदेखिको अविरल वर्षाका कारण मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो क्षती हुने पुगेको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्त्द्धारा जारी गरिएको विज्ञप्तिमा अचानक आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । जसमध्ये तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ता ८ जनाको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजीकार्यभइरहेको छ । एक्कासी आएको बाढीपछि मेलम्ची खानेपानी आयोजना स्थलबाट ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल लगिएको बताइउको छ । बाढीले आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बगाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर