सूर्य थापाले भने 'यसकारण पनि निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन्' — OSNepal

सूर्य थापाले भने ‘यसकारण पनि निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्न हुदैन्’

LC (KTM) June 21, 2022 0

काठमाडौं :
नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाट लेख्दै थापाले यस्तो बताएका हुन् ।

चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि उनले स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताउदै उनले पार्टी दर्ता गर्न नहुने बताएका हुन् । उनले लेखेका छन् कानुनत ः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो।

व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर