काठमाडौं ७ असार । नेकपा माओवादी केन्द्रले विदेश बसेर नेपाल फर्केकाहरुलाई समेट्न छुट्टै संगठन बनाउने भएको छ ।
विदेशबाट फर्केहरुलाई समेट्न आवश्यक रहेको भन्दै छुट्टै संगठन बनाउन खोजिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले ज नाएका छन् ।
यस विषयमा ठोस प्रस्ताव केन्द्रीय समितिमा पेस भएर निर्णय गरिने बताएका उपाध्यक्षले विदेशबाट फर्कनेको ठूलो संख्या भएकाले त्यसलाई समेट्नुपर्ने आश्यकता भएको बताएका हुन् ।
संगठनको नेतृत्वको जिम्मा भने लामो समय विदेशमा रहेर आएका नेताहरुलाई दिने माओवादीको तयारी गरेको छ ।