अभिनेत्री रश्मिरेखा ओझाको शव पंखामा झुण्डिएको अवस्थामा फेला, लिभ इन पार्टनरमाथि आशंका — OSNepal

अभिनेत्री रश्मिरेखा ओझाको शव पंखामा झुण्डिएको अवस्थामा फेला, लिभ इन पार्टनरमाथि आशंका

LC (KTM) June 21, 2022 0

पछिल्लो केही दिनयता मनोरञ्जन क्षेत्रबाट आएको नराम्रो खबरले अन्त्य हुने नाम लिइरहेको छैन । उडिसा उद्योगबाट एउटा चकित पार्ने खबर बाहिर आएको छ । चर्चित टेलिभिजन अभिनेत्री रश्मिरेखा ओझाको निधन भएको छ । नायिकाको शव भुवनेश्वरको नयाँपल्लीस्थित आफ्नो भाडाको घरमा पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । अभिनेत्री २३ बर्षकी मात्र थिईन् । प्रहरीले उनको घरबाट सुसाइड नोट समेत बरामद गरेको छ ।

खबर पाएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको छ । अभिनेत्रीका बुवाले लिभ इन पार्टनर सन्तोष पात्रामाथि गम्भीर आरोप लगाएका छन् । १८ जुनको रात अर्थात शनिबार राति रश्मीका बुवाले उनलाई धेरै फोन गरे तर अभिनेत्रीले फोन उठाइनन् । पछि सन्तोषले फोन गरेर रश्मी बितेको बताएका थिए । घटनास्थल पुगेपछि बुवाले सन्तोष र रश्मी त्यही घरमा श्रीमान्–श्रीमती भएर बसेको थाहा हुन आएको छ ।

रश्मीका बुवाले पनि छोरीको लिभ इन रिलेशनशिपबारे आफूलाई थाहा नभएको बताए । घरधनीले उनलाई यसबारे जानकारी गराए । सन्तोषले नै मेरी छोरीलाई आत्महत्या गर्न बाध्य पारेको उनको आरोप छ । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ। पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ, त्यसपछि मात्र थाहा हुन्छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।रश्मिरेखा ओझा ओडिशाको जगतसिंहपुर जिल्लाकी हुन् ।

केमिती कहिबी कहाबाट उनले विशेष पहिचान बनाएकी थिईन् । १२ कक्षा पास गरेर अभिनयमा करियर बनाउन भुवनेश्वर आएकी नायिकाको मृत्युको अनुसन्धानमा प्रहरीले सबै पक्षमा अनुसन्धान गरिरहेको छ ।तपाईलाई याद होला, केही साताअघि बंगाली सिनेमाकी अभिनेत्री बिदिशा दे मजुमदारको पनि कोलकाताको अपार्टमेन्टबाट शव भेटिएको थियो । प्रहरीले घरको ढोका तोडेर शव फेला पारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर