काठमाडौं ७ असार । नेकपा एकिकृत समाजवादीले चार दिन सम्म लगातार बैठक बोलाएको छ ।
पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले दिएको जानकारी असार १० गते पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक तय भएको छ ।
बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने तथा मन्त्रीहरूको हेरफेरको विषयमा समेत छलफल हुने भएको छ ।
साथै चार दिन सम्म चल्ने बैठकमा आगामी निर्वाचनसम्म गठवन्धन कायमै राख्ने विषयमा पनि छलफल हुने भएको छ ।