काठमाडौं ७ असार । राजनीति यात्रा सुरु गरेकाब रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी इच्छुक भएको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका लामिछाने दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन लिएर पुगेका छन् ।
राजनीति राजनीति जस्तै गर्नुपर्छ भनेका लामिछानेले झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन बताएका छन् । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’ उनले भने ।
झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा रहेको छ ।
निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने बताएका उनलेनवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गरेका छन् ।
‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।,एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस । बेतिथीको मेन स्वीच अफ गरौँ ’ उनले भने ।