काठमाडौं ७ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि बाध्यता भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको स्पष्ट पारेका हुन् ।
जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको आयल निगमको भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेकोले मूल्य समायोजन गर्नु परेको बताएका छन् ।
मूल्य वृद्धि र पेट्रोलियम पदार्थ बिक्री वितरणमा नीति र कानुनअनुसार नै भएको स्पष्ट पारेका मन्त्री बडुले अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको जनाएका छन् ।