काठमाडौं ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिपक्षसँग कुनै संवाद नै नगरी अगाडी बढिरहेको आरोप लगाएका छन् ।
मंगलबार पूर्व राजदुत समुहको साक्षात्कार कार्यक्रममा सहभागी भएका ओलीले अहिले सम्वादहिनताको अवस्था देखा परेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
प्रतिपक्ष भनेको वैकल्पिक सरकार भएको बताएका ओलीले प्रधानमन्त्री बाहिर जानु भन्दा अगाडी प्रतिपक्षसँग परामर्श हुनु अनिवार्य भएको भन्दै उनले भने , ‘यो सरकार बनेपछि सिम्प्ली भन्ने हो भने संम्बाद छैन । ०४६ सालपति यस्तो संम्वादहिनता कुनै पनि विषयमा छलफल परामर्श नगरिने, सवै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुरा डेमोक्रेसीमा हुन सक्दैन । सम्वाद हिनताको स्थिती छ । अहिले देशको सहमति खाली हामीले शब्दमा मात्र होइन की, सहमति किन बनिरहेको छैन, सम्वाद किन हुन सकिरहेको छैन ?’
ओलीले सो कार्यक्रममा १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको बताएका छन् । ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’ ओलीले भने ।