काठमाडौं ७ असार । जनता सामाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा प्रमुख राजनीतिक दल र नेताले जानेररनजानेर गम्भीर गल्ती गरेको देखिएको बताएका छन् ।
देशको जटील भूराजनीतिक परिवेसमा यो गल्ती सामान्य नभएको बताएका उनले नजानेरै भए पनि देशमाथि गरिएको घात क्षम्य नहुने बताएका छन् । तर गल्ती स्वीकार्नुको साटो अरूको टाउकोमा हालेर चोखिन खोज्नु अर्को अपराध भएको आरोप लगाएका छन् ।
उनले भनेका छन् , ‘प्रमुख राजनीतिक दल र नेतालेक्एएको प्रश्नमा जानेररनजानेर गम्भीर गल्ती गरेको देखियो।देशको जटील भूराजनीतिक परिवेसमा यो गल्ती सामान्य हैन।नजानेरै भए पनि देशमाथि गरिएको घात क्षम्य हुॅदैन!तर गल्ती स्वीकार्नुको साटो अरूको टाउकोमा हालेर चोखिन खोज्नु अर्को अपराध हो।’