काठमाडौ ७ असार । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन महामन्त्रीद्धय आयोग जान लागेका हुन् ।
यस विषयमा आयोगको ध्यानाकर्षण गराउन महान्त्रीद्धयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्ने कार्यसुची रहेको छ । यस विषयमा प्रधानमन्त्री तथा पार्टीका सभापति समेत रहेका शेरबहादुर देउवासँग समेत छलफल गरिसकेका छन् ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।