काठमाडौं ७ असार । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० अघि नबढाउने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निणर्य सार्वजनिक सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो बताएका हुन् । कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गर्ने क्रममा पहिलो नम्बरमा एसपीपी परेको हो ।
त्यसैगरी, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने ,जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने निणर्य भएको छ ।
साथै, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।